प्रोग्रामिंग: एक परिचय (An Introduction to Programming in Nepali)

by

यस ट्यूटोरियलको लक्ष्य छ तपाईंलाई सकेसम्म चाँडो त्यो चरणमा पुग्ने प्रयास गर्न जहाँ तपाईं उपयोगी प्रोग्रामहरू लेख्न सक्नुहुनेछ। नयाँ प्रोग्रामिंग भाषा सिक्ने एक मात्र तरिका यसमा प्रोग्रामहरू लेख्नु हो। तपाईले प्रोग्राम पाठ कहिँ लेख्न, यसलाई सफलतापूर्वक कम्पाइल गर्न, लोड गर्न, चलाउन, र आउटपुट फेला पार्न सक्षम हुनुपर्दछ।

मैले सरल कारणले गर्दा यो ट्यूटोरियल श्रृंखला को लागी जाभास्क्रिप्ट(javascript) भाषा छानिएको छु। जाभास्क्रिप्ट कोड सिक्न र गर्न सजिलो छ। यसले तपाईंको सिक्ने समयको बचत गर्न सक्दछ। जाभास्क्रिप्ट हरेक आधुनिक वेब ब्राउजरमा स्थापित हुन्छ, त्यसैले तपाईं अहिले जाभास्क्रिप्टमा प्रोग्रामिंग सुरु गर्न सक्नुहुनेछ उही ब्राउजरमा जुन तपाईं यो लेख पढ्न प्रयोग गर्दै हुनुहुन्छ। यदि तपाईं गुगल क्रोम प्रयोग गर्दै हुनुहुन्छ भने, केवल “view” मेनूमा जानुहोस्, “developer” उप-मेनूमा क्लिक गर्नुहोस्, र तपाईंले “javascript console” खोल्ने विकल्प देख्नुहुनेछ।

हामी यी आधारभूत कुरामा ध्यान दिनेछौं: भ्यारीएबल र constants, अंकगणित(arithmetic), control-flow र फंक्शन।

एउटा साधारण प्रोग्राममा फंक्शनभ्यारीएबल हुन्छ। फंक्शनमा कम्प्युटिंग(गणना) कार्य गर्नका लागि कथनहरू वा स्टेटमेन्टहरू समावेश गर्दछ। मूल्यहरु वा वाक्यांश गणनाको क्रममा भ्यारीएबल भित्र राखिन्छ।

हामी पहिलो प्रोग्राम लेखौं जहाँ हामी दुई संख्याको जोड गणना गर्छौं।


function sum()
{
    let numberA = 2;
    let numberB = 8;
    let total = numberA + numberB;
    return total;
}
console.log(sum());

पहिलो लाइन मा हामी एउटा फंक्शन परिभाषित गर्छौं जसलाई “sum” भनिन्छ। फंक्शनको स्टेटमेन्टहरू वा कथनहरू ब्राकेट भित्र हुन्छन्।

विशेष शब्द (कीवर्ड) लेट (let) ले यो संकेत गर्दछ कि यो वाक्यले भ्यारीएबललाई परिभाषित गरिरहेको छ। भ्यारीएबलको नाम लेट(let) पछि आउँछ। हामी भ्यारीएबलमा मूल्य वा वाक्यांश राख्नु “=“ प्रतीक चिन्हको प्रयोग गर्छौं। माथिको स्टेटमेन्टले numberA भन्ने भ्यारीएबल बनाउँदछ जहाँ भित्र अंक २ राखिएको छ।

भ्यारीएबल परिभाषित भएपछि यसको नाम अभिव्यक्तिको रूपमा प्रयोग गर्न सकिन्छ। यस्तो अभिव्यक्तिको आउटपुट भ्यारीएबल भित्र राखिएको मूल्य हो।

उदाहरण को लागी:


let numberA = 2;
console.log(numberA);
//Output: 2



भ्यारीएबलको नाम कुनै पनि शब्द हुन सक्छ। अंक भ्यारीएबलको नामको अंश हुन सक्छ। उदाहरण को लागी padam15 एक मान्य नाम हो। तर नाम अंकबाट सुरू हुँदैन। उदाहरण को लागी 15padam अवैध नाम हो। एक भ्यारीएबलको नाममा $(डलर) चिन्ह वा _(अन्डरस्कोर) चिन्ह समावेश हुन सक्छ तर अन्य विराम चिह्न वा विशेष वर्ण यसको अंश हुँदैन। विशेष शब्दहरू, उदाहरणका लागि let, var, आदि सबै कीवर्ड(keyword) शव्द हुन्। तिनीहरू भ्यारीएबल नामको रूपमा प्रयोग गर्न सकिदैन।

हाम्रो उदाहरण प्रोग्राममा हामीले sum नामको फंक्शन परिभाषित गर्‍यौं। हामीले numberA र numberB नामका दुई भ्यारेबल घोषित गर्‍यौं। २ अंक numberA भ्यारेबल भित्र र ८ अंक numberB भ्यारेबल भित्र छ। अब हामी भ्यारीएबलको नाम total घोषणा गर्दछौं। हामी भ्यारीएबल total भित्र जोडको अंकगणित वाक्यांश राख्छौं। हामी अंकगणितको वाक्यांश मा दुई भ्यारीएबलहरू(numberA र numberB) जोड्दै छौं। यसले भ्यारीएबलका भित्रका मूल्यलाई जोड्दछ। परिणाम भ्यारीएबल total भित्र राखिन्छ, जसको परिणाम १० हो।

अन्तमा फंक्शन sum ले आउटपुट फिर्ता गर्छ। हाम्रो केसमा आउटपुट sum भित्रको मूल्य हो। हामी नामबाट फंक्शन कल गर्दछौं र ब्राकेट यसको पछाडि आउँदछ। हामी फंक्शन sum कल गर्छौं र यसबाट फर्केका आउटपुट प्रिन्ट गर्दछौं। उदाहरण को लागी: sum()

हामी सफ्टवेयरमा यो प्रोग्राम लेखौं। हामी नोटपैड सफ्टवेयर प्रयोग गर्नेछौं जुन तपाईंको कम्प्युटरमा पहिले नै अवस्थित छ। म उपयोग गर्न sublime text 3 सफ्टवेयर सल्लाह गर्दछु। यदि सम्भव छ भने यसलाई डाउनलोड गर्नुहोस्। अन्यथा हामी नोटपैड सफ्टवेयर प्रयोग गर्नेछौं। माइक्रोसफ्ट वर्ड सफ्टवेयर प्रयोग नगर्नुहोस्।

प्रोग्राम लेखौं र नाम lesson1.js सहित फाइल सेभ गरौं। फाइलनाम .js को साथ समाप्त हुनुपर्दछ। त्यो धेरै महत्त्वपूर्ण निर्देशन हो। तपाईंले यो फाइल राख्नु भएको फोल्डर याद गर्नुहोस्। उही फोल्डरमा हामी नयाँ फाइल बनाउँदछौं index.html। यो नयाँ फाइलनाम .html को साथ समाप्त हुनुपर्दछ। हामी हाम्रो html फाईलमा जाभास्क्रिप्ट प्रोग्राम लोड गर्दछौं। यस HTML फाइलमा यो कोड लेख्नुहोस्।


<html>
    <script type=“text/javascript” src=“lesson1.js”></script>
</html>



अब फाईल सेभ गर्नुहोस्। गुगल क्रोम ब्राउजरमा index.html फाइल खोल्नुहोस्। अब गुगल क्रोम ब्राउजरमा केवल “view” मेनूमा जानुहोस्, “developer” उप-मेनूमा क्लिक गर्नुहोस्, र तपाईंले “javascript console” खोल्ने विकल्प देख्नुहुनेछ त्यसमा क्लिक गर्नुहोस्। तपाईं जाभास्क्रिप्ट कन्सोलमा आउटपुट १० देख्नुहुनेछ। अब तपाईं प्रोग्राममा भ्यारीएबलको मूल्य परिवर्तन गर्न सक्नुहुनेछ र नयाँ आउटपुट फाइल सेभ गरेर र ब्राउजर रिफ्रेस क्लिक गरी हेर्न सक्नुहुनेछ।



बधाई छ तपाईले आफ्नो पहिलो जाभास्क्रिप्ट प्रोग्राम लेख्नु भएको छ। हामी अर्को भाग मा जारी हुनेछ।

More Articles

Recommended posts